इटहरी (डेस्क) : भारतको मुम्बईमा रहेका एक नेपाली परिवारका सबै सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ। परिवारमा ८ जना सदस्य रहेका छन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आठै जनालाई अस्पताल भर्ना गरिएको छ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार अछामको चौरपाटी गाउँपालिका वडा नं.५ का उनीहरु रोजगारको सिलसिलामा मुम्बई पुगेका थिए।
Discussion about this post