सार्क साहित्य युवा पुरस्कारबाट सम्मानित समेत भएका चर्चित युवा कवि हुन् मनु मञ्जिल ।
इटहरीमा बसेर साहित्य तथा समालोचनाको क्षेत्रमा खरो रुपमा प्रस्तुत हुने मञ्जिल यतिबेला कोरोना भाइरसका कारण लकडाउनको समयमा साहित्य अध्ययन सँगै सामाजिक सञ्जालमा व्यस्त रहेको सुनाउँछन् ।
‘म अन्य समयमा सोसियल मिडिया नचलाउँने मान्छे अहिले यसको प्रयोग ह्वात्तै बढेको छ,’ उनी टाकुरालाई सुनाउँछन्, ‘किताब पनि पढिरहेकै छु, कहिलेकाँही त बाहिर निस्कन खोज्यो, पुलिस देखिन्छ, निस्कन पनि मुश्किल छ ।’
उनले २० औँ बर्षदेखि परिवारलाई दिन नपाएको समय यो बेला परिवारलाई दिन पाएकोमा आँफू सन्तुष्ट रहेको सुनाए ।
‘छोरीहरुसँग बसेर सिनेमा पनि हेर्छु, खासै लेख्न सकिरहेको छैन,’ उनले भने, ‘अफिसको रातदिन आइरहने फोन बन्द छ, एकदमै कम साथीहरुसँग कुरा हुन्छ, कार्यक्रमहरु मिस गरिराखेको छु ।’
उनले आँफू अहिले बिभिन्न लेखकका पुस्तक अध्ययनमा ब्यस्त रहेको र अाँफूले पनि निबन्धको काम गरिराखेको बताए ।
‘अहिले त आकाश पनि सफा भएजस्तो, परिवेश पनि शान्त भएजस्तो देख्छु,’ मञ्जिल भन्छन्, ‘परपरसम्म आकाश हेर्दै संगीत सुन्न पनि मज्जा हुँदो रहेछ ।’
रातको शान्त समयमा लेख्ने कोशिश गरिरहेको उनले सुनाए ।
Discussion about this post