नोबेल अस्पताल विराटनगरले उदयपुर घर भएकै कारण एक महिलालाई इमरजेन्सी वार्डबाट निकालेको छ ।
बुधबार अस्पताल भर्ना भएकी ६० वर्षिय पुनिता कर्णलाई नोबेलले इमरजेन्सी वार्डबाटै निकालेको हो । उदयपुर गाइघाट घर भएकी कर्णलाई फोक्सोको समस्या छ ।
समस्या बढेपछि उनलाई छोरा रमित कर्णले नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । तर, अस्पतालले उपचार गर्न नमानेपछि कोशी अस्पताल भर्ना गरिएको छ ।
यसअघि १७ बैशाखमा उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको थियो ।
नोबेल मेडिकल कलेजले १९ बैशाखमा उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षिय भीमबहादुर खत्री र १७ बैशाखमा प्रसूतिका लागि भर्ना भएकी उदयपुर गाइघाट–११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको थियो ।
यो पनि _ उदयपुर घर भएकै कारण बिरामी निकाल्ने नोबेल हस्पिटललाई कारबाही गर्न माग
नोबल अस्पतालको फट्याईँ : उदयपुर घर भएकै कारण फेरि निकाल्यो बिरामी
अस्पतालमा घुमाउँदा–घुमाउँदै सुनसरीका विरामीको एम्बुलेन्समै मृत्यु
कोरोना फैलिएको जिल्लाबाट आएको भन्दै उदयपुरकी गर्भवती महिलालाई नोबेलले अप्रेशन थियटरबाटै निकाल्यो