सुनसरीको झुम्काकी कोरोना संक्रमित युवती ४९ दिन बिताएर २९ वैशाखमा भक्तपुर पुगेकी थिईन् ।
ती युवतीमा कोरोना देखिएपछि उनको सङ्क्रमणको स्रोत खोज्न सुरक्षाकर्मी जुटेका छन् ।
२५ वर्षीय युवती गत चैत्र १० गते सुनसरीस्थित रामधुनी नगरपालिका ४ लालपुर घर आएकी थिइन् । उनी कार्यरत आरोग्य अस्पतालमा बिदा लिएर उनी सुनसरी आएकी थिइन् ।
सुनसरी प्रशासन भने सुनसरी रहँदै उनमा कोरोना सङ्क्रमण भएको निष्कर्षमा पुगेको छ ।
युवती सुनसरी रहँदा धेरै ठाउँ र धेरै जनासँग भेटघाट गरेको आधारमा ट्रेसिङको काम चलिरहेको प्रशासनले जनाएको छ ।
Discussion about this post