कैलालीका संक्रमितमध्ये एकजना इटहरीबाट गएको खुलेको छ ।
कैलालीको जानकी गाउँपालिका–४ मा १९ बर्षीय, ७ का २३ बर्षीय र २६ बर्षका युवकलाई कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये एकजना सुनसरीको इटहरीबाट गएका हुन् ।
कैलालीमा शुक्रबार भेटिएका अरु संक्रमितमध्ये एकजना इटहरी, एकजना बाँके र अर्का एकजना भारतबाट आएको खुलेको हो ।
इटहरीबाट वैशाख ३० गते ट्रक चढेर कैलाली घर पुगेका युवकमा संक्रमण देखिएको हो ।
इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएका तीनै जना संक्रमितलाई स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो ।
Discussion about this post