आईतबार राती इटहरी २० तरहराका राजन भनिने रादन राईको हत्या भएपछि शब धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।
मंगलबार उनको शब अन्त्यष्टि गरिएको छ ।
परिवारका अनुसार उनको आज तरहरास्थित चारकोसे झाडीमा अन्त्यष्टि गरिएको हो ।
उनको हत्यामा संलग्न प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
यो पनि _ तरहराका राइको हत्यामा संलग्नहरु आँफै प्रहरी कार्यालयमा हाजिर हुने
यो पनि _ यी हुन् लकडाउनमा सुनसरी र मोरङमा भएका पाँच हत्याका घटना (भिडियोसहित)
Discussion about this post