इटहरीका मेयर द्धारिकलाल चौधरी फेरी विवादमा मुछिएका छन् ।
इटहरीको जेबि टुहुरे फाउण्डेशनको शिलान्यास भवन विवादमा मेयर चौधरीको नाम मुछिएको हो । मेयर चौधरीले शिलान्यास गरेको भवन स्थानियले अबरोध गरेका हुन् । स्थानीयहरुले आज काम गर्दै गरेको कामदार र जेसिबि फर्काइदिएका हुन् ।
गायक जेबी टुहुरेको नाममा इटहरी उपमहानगरपालिका वडा नं १० मा बन्न लागेको भवन स्थानीले बन्न नदिनका लागि अवरोध गरेका हुन् ।
इटहरी उपमहानगरपालिकाकाको कार्यपालिका बैठकले जेबि टुहुरे फाउण्डेशनलाई १० कट्ठा जग्गा भोगाधिकार दिएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले फाउण्डेशनको भवन निर्माण कार्यको शिलान्यास गरेका थिए । तर, भवन शिलान्यास गर्ने बेला समन्वय नगरेको आरोप मेयर चौधरीलाई लागेको छ ।
इटहरी उपमहानगरपालिका वडा नं १० स्थित सार्वजनिक जग्गामा फाउन्डेशनको भवन निर्माण शुरु गर्दा वडा र स्थानिय बासिन्दासँग समन्वय तथा छलफल नभएको भन्दै वडा नं १० का वडाध्यक्ष प्रकाश चौधरीले असन्तुष्टि जनाएका छन् ।
वडाध्यक्ष चौधरीले आँफूहरु जेबि टुहुरे फाउण्डेशनको भवन निर्माण गर्न सकारात्मक हुँदा–हुँदै मेयरले गुण्डागर्दी शैलीमा प्रहरी लगाएर वडाका जनप्रतिनिधि र स्थानीयबासीसँग समन्वय नगरी भवन निर्माणको शिलान्यास गरेको खुलासा गरेका छन् ।
यसअघि पनि मेयर चौधरीले इटहरी १ र १७ नम्बर वडाका बासिन्दाको जग्गामा मनपरी डोजर चलाएका थिए । मनपरी डोजरले स्थानीयको जग्गा खनेपछि आक्रोशित स्थानीयले आँफै मेयरले खनेको बाटो पुरेका थिए । पटक–पटक मेयर चौधरी विवादमा मुछिदैँ आएका छन् ।
Discussion about this post