सुनसरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको बराहक्षेत्रमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बराहक्षेत्र नगरपालिकास्थित मधुवनको जनता माविको क्वारेन्टाइनमा रहेका १३ जना र प्रकाश माविको ३८ जनाको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।
बराहक्षेत्र ८ र १० नम्बर वडाका पुरुषमा कोरोना संक्रमण देखिएको बताईएको छ ।
Discussion about this post