८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा धरान–१५ का श्री सुब्बालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
सुब्बा बालिकालाई करणी गरेको आरोपमा जेठ ८ गते पक्राउ परेका थिए ।
जिल्ला अदालतमा न्यायाधीश धर्मराज पौडेलको इजलासले सुब्बालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
उनी संघीय समाजवादी पार्टीका युवा संगठनको प्रदेश १ का अध्यक्ष रहेका थिए ।
Discussion about this post