सुनसरीमा कोरोना संक्रमितको संख्या ६२ जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ६२ जना पुगेको हो ।
इटहरी, धरान, बराहक्षेत्र सहित सुनसरीका विभिन्न ठाँउका गरी ६२ जना कोरोना संक्रमित रहेका छन् । त्यसमध्ये अधिकांश भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुमा पीसीआर टेष्टमा कोरोना पोजेटिभ देखिएको छ ।
सुनसरीमा अहिले ५ सय ४९ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता बिनोद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले ७२ जनाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।
जिल्लाका ६२ मध्ये १२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
Discussion about this post