सोमबार साँझ सुनसरी जिल्ला अदालतको छतमा आफैँले बोकेको पेस्तोलले कञ्चटमा गोली फायर गरी ३५ वर्षीय प्रहरी हबलदार ओमप्रकाश खतिवडाले आत्महत्या गरेका थिए ।
पारिवारिक तनावकै कारण सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्डले गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार यसअघि देखि नै श्रीमतीसँग उनको विवाद हुँदै आएको थियो ।
घटना हुनु अघि खतिवडाले श्रीमती र अर्को एक पुरुषलाई फोन गरेका थिए । फोन राखे लगतै उनले आफैलाई गोली फायर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता बिनोद शर्माका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।
खतिवडा ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा दरबन्दी भई विगत ६ महिनादेखि न्यायाधीश राईको बडीगार्डको रूपमा कार्यरत थिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो पनि _ सुनसरीमा प्रहरी हवल्दारले आफैँमाथि गोली चलाए, उपचारको क्रममा मृत्यु
Discussion about this post