नेपाल विद्यार्थी संघ सुनसरीले पुर्वप्रधानमन्त्री तथा युगपुरुष स्व. गिरिजा प्रसाद कोइरालाको जन्मदिवसको अवसरमा इटहरी ५ जनता वस्तीमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
सभापति मन्दिप भट्टराईको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष विकास के.स., ट्रेड युनियन काङ्रेसका केन्द्रीय उप–महासचिव ज्योती कोइराला, नेपाली काङ्रेस इटहरी नगर समितिका उप–सभापति शिवराज दाहाल लगायतका वक्ताहरुले गिरिजा प्रसाद कोइरालाको यो मुलुकका लागि गरिएको योगदानको चर्चा गरेका थिए ।
महेन्द्र क्याम्पस धरानका इकाइ सभापती विवेक लिम्बू, नेविसंघ जिल्ला उप–सभापतिहरु वुद्दहाङ लिम्बू, शुबेक्छु देवान राई, महेन्द्र क्याम्पस घरानका स्ववियु सचिव दोर्जी शेर्पा लगायतले गिरिजा प्रसाद कोइरालाको बारेमा चर्चा गरे ।
उक्त वृक्षारोपण कार्यक्रममा करिब २ सय विभिन्न जातका बोट बिरुवाहरु रोपिएको थियो ।
Discussion about this post