हाम्रो पहिलो गुरुकुल शिक्षा घर नै हो । आमाले तोतेवोली वोल्दै बोल्न सिकाउनु भयो । दोस्रो पाठशाला बाबाले क, ख लेख्न सिकाउनु भयो । त्यसरी केहि ज्ञान हाँसिल गरेपछि अझ आफ्ना सन्तान ज्ञानी असल मार्गमा हिडुन् भनेर बिद्यालय भर्ना गरिदिनुभयो ।
जो सुकै बाबाआमालाई पनि आफ्ना सन्तान ज्ञानी बनुन् भन्ने भावना सधैँ हुन्छ नै । बिद्यालय भर्ना भएपछि गुरुबा–गुरुआमाले सबै बिद्यार्थी राम्रा र इमान्दार हुन् सत्मार्गमा हिडुन् भनेर शिक्षा दिनुहुन्छ ।
कति नजान्दा, नपढ्दा गृहकार्य नर्गदा कुटिकुटि विभिन्न डर देखाएर वा फकाएर, प्रोत्साहन, पुरस्कार दिएर अगाडि बढ्न प्रेरित गर्नुहुन्छ उहाँहरु हाम्रो जिन्दगीको कहिँ न कतै मागनिर्देशक बनिरहनुभएको हुनुहुन्छ निश्चिन्त पनि ।
आँफूले शिक्षा दिएका सबै बिद्यार्थी असल बनुन् भनेर सधै मार्गदर्शन दिइरहनुहुन्छ । उहाँहरुप्रति हामी ऋणि छौँ । गुरुहरुले कतिलाइ वैज्ञानिक, पाइलट, इन्जिनियर, नेता, विश्व प्रख्यात व्यक्ति बनाउनु भयो ।
हुन त त्यो आँफै पो बनिने हो त बन्ने कुरा पनि आउला । तर, त्यो बन्नका लागि पहिलो खुट्किलो भनेको शिक्षक नै हो । अर्थात्, जिन्दगी बाँच्नका लागि हिड्ने पहिलो यात्रा सिकाएको शिक्षकले नै हो जस्तो लाग्छ मलाई । त्यसैले पनि शिक्षकप्रति आदरभाव सधैँ रहिरहेको छ । एउटा माझीले विभिन्न यात्रीलाई आफ्नो डुङ्गामा बसाएर पारी तारेपछि तरेर गएका यात्री कहाँ–कहाँको गन्तव्यमा पुगे माझीलाई कति याद छ र ?
त्यस्तै हो शिक्षक शिक्षिका पनि । उहाँहरु जहाँको त्यहि हुनुहुन्छ, उहाँहरुले पार लगाएर गएका बिद्यार्थी कहाँ–कहाँ पुगे । कतिले त बिर्सिए पनि होला । तर, जो जहाँ पुगेपनि आँफूलाइ ज्ञानको भण्डार दिने व्यक्तित्वलाई कहिल्यै पनि भुल्न हुँदैन । हामीहरु गुरुका ऋणि भएका छौँ ।
यो ऋण तिर्न हामी कहिल्यै पनि सक्दैनौ । त्यसैले गुरुप्रति आदर र सम्मान गर्नुपर्दछ ।
मानिस कहिँ कतै कोही महान बनेकै हुन्छन् । ती सबै कोहि न कोहि गुरुको प्रत्यक्ष र अप्रत्यक्ष प्रेरणाको स्रोतबाट महान बनेका पक्कै हुन् । मानिसले आँफू महान बनेपछि आफ्ना बा–आमा आँफूलाई शिक्षा दिने गुरु र गुरुआमा सबै बिर्सन्छन् । त्यो स्वभाविक पनि हो । तर, हामीले हिँडेको बाटो, हामीले भोगेको समय र हामीलाई जिन्दगीले दिएको कुशल मार्गनिर्देशन कहिल्यै पनि भुल्न हुँदैन । यो चाहिँ हाम्रो महानता हो ।
हरेक मानिसले आफ्नो कुनै पनि पेशा नगरि हुँदैन । तरपनि आफ्ना बाबुआमा र शिक्षा दिने गुरुलाई कहिल्यै पनि बिर्सनु हुँदैन किनभने हामीलाई यो ठाउँमा ल्याउनु जो जहाँसुकै भएपनि राम्रो बन्न प्रेरणा दिनु गुरुहरुको अहम् भूमिका रहेको छ ।
अहिले प्रविधिले हामी आम मानिसलाई नजिक हुने वातावरण र्सिजना गरेको छ । यति नजिक बन्दा पनि आँफूलाई शिक्षा दिने अग्रजलाइ बिर्सनु हुँदैन । हामीले धेरै ठूलो मान प्रतिष्ठामा पुगेपछि पनि हामीले गुरुहरुलाइ के दिन सक्यौँ र त्यसैले सबै गुरुहरुप्रति सधैँ झुकाव राख्नुपर्दछ ।
आज विशेष दिन । सबै गुरुप्रति सधैँ सम्मान र आदरभाव रहिरहेनछ । र, गुरुबाट सधैँ सकारात्मक चिन्तनको अपेक्षा समेत गर्दछु ।
Discussion about this post