नमस्कार म कक्षा १२ मा अध्यनरत छात्र परेश पौडेल।
म एउटा विद्यार्थी भएको कारणले अहिलेको अवस्थामा १२ कक्षाका साथीहरुको मनमा भएको पीडा तथा सम्पूर्ण आवाजबिहिनहरुको केही धारणा र विचार राख्न गएको छु ।
नेपाल सरकारका वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षाबारे यसअघि नै उद्धघोष गरिसकेका छन् । उनले भनेका थिए, परीक्षा नलिने कुनै विकल्प रहेन, तपाईँहरु तयारी अवस्थामा बस्नुहोस्।
परीक्षा नलिने कुनै विकल्प हेरिएन भने परीक्षा लिने के विकल्प हेरियो ? प्रश्न यहाँ हो । सम्पूर्ण विद्यार्थीको मात्र होइन, देशकै जिम्मेवार अभिभावक भएपछि गफ दिएर त भएन नि मन्त्री ज्यू ?
एउटा ठोस निर्णय र विकल्प दिनु पर्यो नि ? उनी भन्छन् – तपाईँहरु तयारी अवस्थामा बस्नुहोस् । कसरी तयारी अबस्थामा बस्ने ? ३ महिना देखि लकडाउन भएको छ ।
न कलेज जान पाएको छ, न शिक्षकसँग प्रत्यक्ष संवाद गरेर कक्षा लिन पाईएको छ । उनी शिक्षामन्त्री हो । उनलाई जानकारी हुनुपर्ने हो, सबै विद्यार्थीहरु सक्षम नहुँन सक्छन् । धेरैले आफ्नो घरमा बसेर पढ्न सक्दैनन् । धेरैजना नेटको पहुँचबाहिर छन् ।प्राय सबै विद्यार्थीहरुसँग मोबाइल, ल्यापटप र नेटको सुबिधा हुँदैन ।
र, जो सँग छ उनीहरु मोबाइल र नेटको कति उपयोग गर्छन् ? तिनीहरुको अभिभावक र तिनीहरुलाई मात्र थाहा छ । खोइ यो कुरा हामीले नबुझेको हो । या हाम्रो शिक्षामन्त्रीले बुझाउन नसकेको हो ।
कक्षा १२ का विद्यार्थीसँग किन सौतेनी व्यवहार मन्त्री ज्यु ? के १२ का विद्यार्थीलाई कोरोना भाइरस लाग्दैन । यदि लाग्दैन भने लाग्दैन भने भन्नू पर्यो ? हाम्रो शिक्षामन्त्री त विगतका दिनमा स्वास्थ्य मन्त्री भइसकेको मान्छे पनि हो । उनलाई जनस्वास्थ्यको जानकारी हुनुपर्ने हो ।
हाम्रो भन्दा समृद्द मुलुकहरुले स्नातक तह सम्मका परीक्षा नलिने र आन्तरिक मूल्यांकनका आधारमा सबै विद्यार्थीहरुलाई पास बनाउने भएका छन् । यो कुरा हाम्रो मन्त्रीज्यूलाई जानकारी भए हुन्थ्यो । मन्त्रीज्यूले १२ कक्षाका विद्यार्थीको भबिष्यबारे केही नसोची यति मात्र भनेका छन् कि परीक्षा हुन्छ ।
हाम्रो छिमेकी मुलुक भारतमा डेढ महिनापछि स्नातक तहको लागि भर्ना सुरु हुन्छ ।
अहिलेको निर्णयले १२ कक्षाका विद्यार्थीहरुलाई मानसिक तनाव दिने मात्र काम भएको छ ।
यो लकडाउन अवधिभरमा सरकारले एकपटक पनि विद्यार्थीहरुको मनोबल बढाउने कार्य गरेको पाईँदैन । अहिलेको यो बिषम् परिस्थितिमा हामी बिद्यार्थीहरु न घरका न घाटका भएका छौँ ।
सरकार विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गरे हुन्न र ?
Discussion about this post