इटहरी उपमहानगरपालिका वडा नं. ८ को वडा कार्यालयलाई स्थानीय सवितादेवि चौधरीले एक कठ्ठा २ धूर जग्गा प्रदान गरेकी छिन् ।
इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीकी आमा सविताले बिहीबार वडा कार्यालयलाई एक कार्यक्रमका बीच उक्त जग्गा प्रदान गरेकी हुन् ।
मेयर द्धारिकलाल चौधरी तथा स्थानीयहरुको उपस्थितिमा ६० लाख बराबरको उक्त जग्गा प्रदान गरिएको थियो ।
सविताका श्रीमान स्व. शुशील कुमार चौधरी र जेठो छोरा स्व. चेवन कुमार चौधरीको नाममा जग्गा प्रदान गरिएको उनले बताईन् ।
कार्यक्रममा मेयर द्धारिकलालले उक्त जग्गा वडा कार्यालयलाई सहयोग गर्नु सराहनीय रहेको बताए ।
वडाध्यक्ष रोहित चौधरीका अनुसार अहिले वडा कार्यालय भाडामै बसोबास गर्दै आएको र आगामी बर्षदेखि भने भवन बन्ने तयारीमा रहेको छ ।
उनले बिहीबार वडा कार्यालय स्थापना भएको तीन बर्ष पूरा भएको समेत बताए ।
एक कार्यक्रमको आयोजना गरी वडा कार्यालय उद्धघाटन भएको तीन बर्ष पूरा भएको उपलक्ष्यमा केक समेत काटिएको उनले बताए ।
Discussion about this post