वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ सम्मानित भएका छन् ।
होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उनी सम्मानित भएका हुन् ।
सम्मानित संग–संगै उनको हातबाट मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षीय बालक प्रशान्त मुदेलको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण समेत गरिएको छ ।
युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार नगद साथमा धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई प्रदान गरिएको थियो ।
Discussion about this post