इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बिराटनगर लाईनमा रहेको ब्लु स्काई होटलमा होटल संचालिकाले महिला राखि पर–पुरुषहरुसंग सम्पर्क गराई यौनजन्य कृयाकलाप (बेश्याबृती) गराउने गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
होटलमा छापा मारी खानतलासी गर्दा होटलको कोठामा २२ बर्षकी महिलालाई सोधपुछ गर्दा निजले होटल संचालिका इटहरी ८ बस्ने ३४ बर्षीया सुनिता साउदले होटलमा आउने अपरिचित पुरुषहरुवाट यौनजन्य कार्य गराएको खुलेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार रकम लिएर यौनजन्य कार्यमा महिलालाई सहभागी गराउने गरेको पीडित महिलाले बताएकी छिन् ।
पीडितको उद्धार गरी पक्राउ परेकी सुनिता साउदलाई मानव वेचबिखन तथा ओसार पसार सम्बन्धि कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको डीएसपी भण्डारीले जानकारी दिए ।
Discussion about this post