बौद्धिक ब्यक्तित्वहरुको थलो नेपाल प्रजातान्त्रिक महासंघ नेपाल प्रदेश १ को सदस्यमा इटहरीका पवन अधिकारी मनोनित भएका छन् ।
प्रेस युनियन सुनसरीका सभापति समेत रहेका अधिकारीलाई शनिबार प्रजातान्त्रिक महासंघ नेपाल प्रदेश १ को सदस्यमा मनोनित गरिएको हो ।
प्रजातान्त्रिक महासंघ नेपाल प्रदेश १ का अध्यक्ष निखिल पोखरेलका अनुसार केन्द्रिय पदाधिकारीहरुको बैठकले प्रदेश १ का विभिन्न जिल्लाका ५ जनालाई सदस्यमा मनोनित गरिएको छ ।
उनका अनुसार सुनसरीबाट अधिकारी, ईलामबाट कृष्णबहादुर सुबेदी, ताप्लेजुङबाट केबल मादेन र आमन्त्रित दिपेश पौडेल, गीता पोखरेल (आचार्य) लाई मनोनित गरिएको छ ।
Discussion about this post