इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोरोना भाइरसबाट संक्रमित हुनेहरुलाई भिडियोकलमार्फत परामर्श दिन थालेको छ ।
अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कलमाफर्त स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. मनिषकुमार शर्माले होम आईसोलेशनमा रहेका संक्रमितको अवस्था वुझेर स्वास्थ्य परामर्श दिईरहेको उनले बताए ।
इटहरीमा अहिले ६ जना होम आइसोलेशनमा छन् ।
संक्रमितहरुलाई ९८५२०७३२४८ वाट्स अप वा भाइवर कलमार्फत समेत परामर्श दिइने इमरजेन्सी प्रमुख धमलाले वताए । हाल सम्म इटहरी क्षेत्रमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या २८ जना पुगेको छ । ती मध्ये १४ जना निको भएर घर फर्किएका छन् ।
यो पनि – इटहरीका संक्रमित भन्छन्, ‘श्वासप्रश्वासमा समस्या आएको छ, हस्पिटलले फोन उठाएन’
Discussion about this post