भनिन्छ कि मानिसलाई समाज बिना बाँच्न धेरै कठीन स्थिति पैदा हुन्छ । समाजमा बसेर यहीँ घुलमिल भई शिक्षा, विवाह र आफ्नो भविष्य निर्धारण गरेको हुन्छ ।
हामी मानिसहरु विश्वमा विभिन्न समयमा ठूला–ठूला रोगको आक्रात्मक सँगै बाँचेर नयाँ सिर्जना गरि बसेका छौँ । मानिस अहिले मानिसबाट नै जोगिएर हिड्ने समय बनेको छ ।
मानिसहरुलाई अहिलेको समयमा कोरोना भाइरससँग बाँचेर पुर्नजन्म पाउँन निकै संघर्ष परिरहेको छ । यसले धेरै सताएर व्यक्ति, परिवार समाज, राष्ट्र र विश्व ब्रमाण्ड नै सखाप पार्ने गरी चारैतिर महामारिको रुप लिएको छ ।
कोही बाँच्न संघर्ष गरिरहेका छन् त कोही अझै मैले केही गर्नुपर्दछ भनेर दिनरात नभनि गधाले झै संघर्षरत छन् ।
आखिर उनीहरु के चाहन्छन् खुसी, मोजमस्ती धन, सम्पत्ति, ऐश्वर्य हाम्रो अटेरीपन, हेलचेक्रयाईँ र स्वास्थ्य मापदण्डपूर्ण रुपमा पालना नगर्दा आज आएर समूदाय स्तरमौ कोरोना फैलिरहेको विद्यमान अवस्था छ ।
के रोग लाग्ने बित्तिकै उसले केही गर्न सक्दैन ? के उसको अस्तित्व सकिएको हो ? अनि किन रोगीलाई र त्यो समाजलाई देख्नेबित्तिकै समाजले हेर्ने दृष्टिकोण राक्षसको जस्तो ? के देख्ने, हेर्ने बित्तिकै रोग अन्य सँग सरिहाल्छ त ?
हामी आम मानिस शिक्षित त भयौँ । तर, कुन प्रकारको सङ्क्रमित व्यक्तिलाई टेलिफोन मार्फत सकारात्मक सोच उत्प्रेरणा ज्ञान, विज्ञानका कुरा उसलाई उर्जावान बनाउँने व्यक्ति पो शिक्षित अरु सबै शिक्षितको नाममा कलङ्क हुन् ।
कस्लाई हुन्छ म रोगी बनुम् भनेर ? सबैलाई स्वास्थ्य भएर, हाँसीखुसी बनेर बाँच्ने रहर हुन्छ । तर, खानपान बाहिरको, प्रदुषित वातावरण र शरीरलाइ अभ्यास नपाउँदा हामी आम मानिस विभिन्न रोगबाट ग्रसित बनेका छौँ ।
यो महामारीबाट बच्न विभिन्न स्वास्थ्य सुरक्षा अवलम्बन गर्दा–गर्दै पनि रोग सरेर आफ्नो शरीरमा आक्रमण गर्दछ । सरुवा रोग विभिन्न सुरक्षा उपाय अपनाउँदा–अपनाउँदै पनि सर्दछ ।
त्यस्तो नजानी–नजानी लाग्ने रोगमा किन समाजले फरक दृष्टिकोणले हेर्ने गर्दछन् । कस्लाई थाहा छ र १ मिनेट पछिको समयमा के हुन्छ भनेर उनीहरुमा पनि त्यो थाहा नभएको समयमा सङ्क्रमण भयो भने हामीले गर्ने व्यवहार पनि त्यहि हो ।
यस्तो महामारीको बेला जताततै ठगी धन्दा मौलाएको छ ।
यसको अनुगमन कस्ले गर्ने तै रानी, मै रानी कुवाको पानी कस्ले भर्र्ने भन्ने उखान साबित भएको छ । प्रशासन मौन छ । तीन तहको सरकार गठन भयो विभिन्न ऐन कानुन बने ती सबै किताबका पानामा सीमित भयो व्यवहारमा लागू भएन ।
कोरोना रोकथामको र अन्य सङ्क्रमण रोगथामका लागि बजेटमा सङ्क्रमण लगायतका सबै प्रकारका रोग विपत्को महामारीबाट नागरिकको रक्षा गर्दै जनजीवन सहज र सुरक्षित बनाउले भनेर भरिएको छ ।
कहाँ जनजीवन सुरक्षित र सहज भएको छ अहिलेसम्म कोरोना रोकथामका लागि न कुनै अस्पताल न कुनै सुरक्षित तरिका अपनाएको देखिन्छ । कोरोना कोषमा अरबौँ रकम जम्मा भएको छ । यो रकम बेलासिमा खर्च गर्नुभन्दा रोग नियन्त्रणमा खर्च गर्नु कति उत्तम साबित हुने थियो ।
नेपालमा रोगको आगमन भएको ५ महिना व्यतित हुँदा पनि कुनै ठोस कदम चालेको देखिदैँन सङ्क्रमित घरको कोठामा बन्दी भएर बसेका छन् अस्पतालमा कुनै आइसोलेशन वार्ड इमर्जेन्सी कक्ष छैन प्रशासन मौन छ । अनि रोगको व्यापकता नभएर के हुन्छ त सङ्क्रमितलाई रोगले ग्रस्त बनाउँदा समेत कुनै पहल चासो लगाएको देखिदँैन ।
समाज सङ्क्रमितको घरको बाटो हिड्दैनन् नराम्रो नजर लगाउँछन् । कलङ्क जस्तो व्यवहार गर्दछन् । अनि उनीहरुको मनोबल कस्तो भएको होला रोग लागेपछि पनि विभिन्न अपहेलना घृणित व्यवहारले गर्दा अन्त्यमा निको भएर पनि मानसिक रोगी बन्न पुग्दछन् । कोही बिरामी परेर अस्पतालमा गयो भने सङ्क्रमितको एरियाबाट आएको थाहा पाउनासाथ चेकजाँच गर्नु त कहाँ हो कहाँ गेट बाहिरबाट पठाउँन बाध्य बनाउँछ । र, बिरामीकोे आँखै अगाडि मृत्युको पीडा भोग्न परिवार विवश बन्न पुग्छ ।
यो देशमा न्याय र कानुन कसको लागि केवल न्याय पहँुचवालाको लागि र कानुन केही गर्न नसक्ने विपन्न वर्गका लागि सीमित बनेको छ । हामी सबै भेला भएर चियाको चुस्कीसँग ठूला–ठूला कुरा गर्छौँ । देश परिवर्तन देखि राष्ट्र हाँक्ने सम्मको अनि खोई कहाँ परिर्वतन भयो ? आफ््नो समाज परिर्वतन गर्न नसक्नेले देश परिवर्तन मलाई त यो समाज अलौकिक लाग्छ ।
गत चैत्रबाट नेपालको पढाई र विश्व विद्यालय आयोगले लिने परीक्षा नतिजा अन्योलमा परेको छ । कहिले हुने भन्ने यकिन लाग्न सकेको छैन । यो बेला बालबालिकाहरुको पढाई लेखाई पुरै क्षतविक्षत् बनेको छ । कोहि पढ्ने वाला छैन । पढ्ने वातावरण पनि कसरी होस् सङ्क्रमितको टोलमा बिद्यार्थी छन् भने पढाउँनु त कता हो कता हेर्ने बोल्ने दृष्टिकोण नै फरक हुन्छ अनि उनीहरुले कसरी पढ्न सक्दछन् ।
अतः सङ्क्रमण देखिएको मानिस र नजिकका घर भएका व्यक्तिहरुसँग किन घृणित व्यवहार के हेर्दैमा, बोल्दैमा, देख्दैमा रोगको फैलाउट भइहाल्छ त ? कदापी हुन्न । त्यसैले सकारात्मक सोच्नुपर्छ हौसला उत्प्रेरणा दिनुपर्छ ।
र, उनीहरुमा परिर्वतन आउँछ त्यसैले सङ्क्रमितलाई हेर्ने घृणित व्यवहार होईन पहिला भन्दा असल व्यवहार गर्दा राम्रो हुनेछ ।
अन्त्यमा, हामी कम्तिमा आफ्नो लागि स्वास्थ्य सामाग्रीको जोहो गरेका छौँ । आवश्यक स्वास्थ्य सामाग्री मास्क, पञ्जा, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री लगाएर मात्र घरबाहिर निस्कन्छौँ ।
बरु, समाजमा भीँड गरेर मास्क नलगाई कानैछेउमा मुख जोतेर अरुको कुरा काट्नेहरुदेखि सचेत रहन जरुरी छ ।
Discussion about this post