इटहरीकी एक युवतीले बाल्य अवस्थादेखि नै शिक्षक तथा आफ्नै अंकलबाट भोगेको यौन दुव्र्यवहारको घटना सार्वजनिक गरेकी छिन् ।
इटहरीकी रेजा न्यौपानेले आँफूलाई आफ्नै अंकल तथा शिक्षकले सानैदेखि कसरी दुव्र्यवहार गरे भन्ने विभिन्न घटनाहरु जोडेर सार्वजनिक गरेकी छिन् । इन्स्टाग्राममा सार्वजनिक उक्त कुरालाई फेसबुक, ट्वीटरहरुमा समेत धेरैले शेयर गरेका छन् ।
उनले आफू कक्षा १–२ मा पढ्दादेखि नै दुव्र्यवहारको शिकार भएको बताएकी छिन् । उनले दामोदर बराल नाम भएका अंकलले संवेदनशील अंग चलाउने गरेको बताएकी छिन् । उनी इटहरीस्थित एसओएस बालग्राम मा अध्यापन गर्छन् ।
आफन्त पर्ने भएकोले सानैदेखि नजिक रहेका अंकलले विभिन्न समयमा दुव्र्यवहार गरेको बताउँदै उनले आँफूलाई ब्ल्याकमेल समेत गरिएको बताएकी छिन् ।
दुव्र्यवहारका घटनाले गर्दा आँँफू डिप्रेसनमा गएको बताउँदै उनले ती शिक्षकलाई कारवाही गर्न माग गरेकी छिन् । अरु धेरै विद्यार्थी पनि दुव्र्यवहारमा परेको हुनसक्ने बताउँदै उनले डराउने होइन, सबै उसको विरुद्ध उभिनुपर्ने भनेर लेखेकी छिन् ।
‘धेरै मानिस सोच्छन् कि यो अध्याँरोमा वा सार्वजनिक ठाउँमा हुन्छ भन्ने सोच्छन्, तर यस्तो काम हाम्रो परिवारमा हाम्रो आफन्तहरुबाटै भइरहेको छ,’ उनले भनेकी छिन् ।
एसओएस विद्यालयले भने ती शिक्षकले राजीनामा दिईसकेको जनाएको छ ।
Discussion about this post