इटहरी २० तरहरामा दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार आज इटहरीमा देखिएका १३ जना मध्ये तरहराका दुईजना रहेका छन् ।
एकजना १९ बर्षीया युवती रहेकी छिन् भने एकजनाको उमेर खुल्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।
आज देखिएका दुईजना सहित तरहरामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
Discussion about this post