उद्घाटन भएर पनि संचालनमा नआएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल सचालनमा आएको छ ।
कोभिड १९ का बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको अवस्थामा कोभिड १९ अस्पतालमा समेत कोरोना संक्रमित बिरामी राख्न थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
दुई वटा भेन्टिलेटरसहित एक सय क्षमताको प्रतिष्ठानको आइसोलेसन वार्ड रहेको थियो । कोभिड १९ अस्पताल सञ्चालनसँगै थप १० भेन्टिलेटर सहितको एक सय बेड थपिएको छ ।
बैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कोभिड १९ अस्पतालको उद्घाटन गरेर सञ्चालनमा आएको थिएन ।
Discussion about this post