गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट ८३८ जना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवारको पत्रकार सम्मेलनमा जनाएको छ ।
कुल सङ्क्रमितहरूको सङ्ख्या ३०,४८३ पुगेको छ अहिले देशभरि १२,१३२ जनामा सक्रिय सङ्क्रमण रहेका छन् भने सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
आज सर्वाधिक मात्रामा कोरोनाभाइरस सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवारको नियमित पत्रकार सम्मेलनमा जनाएको छ
Discussion about this post