अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन २०२०।२०२१ का लागि सञ्चालन गर्ने विभिन्न कोचिङ कोर्षका लागि आवेदन माग गरेको छ ।
एन्फाले सञ्चालन गर्ने विभिन्न कोचिङ कोर्ष सहित एफसी स्पेसियल कोर्षहरुको सूची सार्वजनिक गर्दै अनलाइन मार्फत आवेदन माग गरेको हो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाले सन २०२०।२०२१ का लागि सञ्चालन गर्ने ११ वटा विभिन्न कोर्षका लागि आवेदन माग गरिएको जानकारी दिए । सञ्चालन हुने कोर्षहरुमा फुटबल प्रशिक्षकका लागि लाइसेन्सिङ कोर्ष देखि गोलकिपिङ कोचिङ कोर्ष सम्म रहेका छन् ।
एन्फाले माग गरेको आवेदन अनुसार सञ्चालन हुने एन्फा ग्रास रुट कोचिङ कोर्ष, कम्युनिटी कोचिङ कोर्ष एन्फा डि लाइसेन्स, एन्फा एफसि लाइसेन्स कोचिङ कोर्ष, एन्फा एफसी बि लाइसेन्स कोचिङ कोर्ष, एन्फा एफसी ए लाइसेन्स कोर्ष, एन्फा एडभान्स युथ कोचिङ कोर्ष रहेका छन् ।
यस्तै, एफसी स्पेसियल कोचिङ कोर्षहरुमा एफसी फिटनेस लेभल वन ए कोचिङ कोर्ष, एफसी फिटनेस लेभल वन वि कोचिङ कोर्ष, एफसी लेभल वन गोल किपिङ कोचिङ कोर्ष, गोलिकिपङ लेभल टु कोचिङ कोर्ष, एफसी फुटसल लेभल वन कोचिङ कोर्षहरु रहेको शेर्पाले बताए ।
Discussion about this post