सुनसरीमा आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न व्यवसायिले पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा यो भन्दा पहिला बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइने निर्यणमा केही परिवर्तन गरी आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने निर्णय भएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै डिसिसिएमसिको आज बसेको बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको बताएको छ ।
उद्योगी, व्यवसायी तथा अन्य समेतको माग अनुसार पसल खोल्ने सम्बन्धमा आजबाट २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका सहायक प्रमुख जिल्ला द्धारा हस्ताक्षर सूचनामा उल्लेख रहेको छ ।
हाललाई सैलुन, ब्युटि पार्लर, स्पा, व्यायमशाला भने खोल्न पाइने छैन । यस्तै, होटल तथा रेष्टुरेन्टले अनलाईन डिलिभरी र टेकअवेको विधी बाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार भने अर्को व्यवस्था नभएसम्मलाई निषेध गरिएको उल्लेख गरिएको छ ।
Discussion about this post