डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आइपिएल क्रिकेटमा पहिलो जित निकालेको छ।
गएराति सम्पन्न खेलमा मुम्बईले कोलकाता नाइटराइडर्सविरुद्ध ४९ रनको प्रभावशाली जित निकालेको हो। अबुधाबीस्थित शेख जायद स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९५ रनको स्कोर खडा गरेको थियो।
१ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर जम्मा १ सय ४६ रन मात्र बनाउन सक्यो।
कोलकाताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोड्दा दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन बनाए। मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह र राहुल चाहरले २–२ विकेट लिए भने किरोन पोलार्डले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय पाली खेले। उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे ।
यस्तै सूर्यकुमार यादवले ४७ रन जोडे भने सौरभ तिवारीले २१ रन बनाए ।
हार्दिक पाण्डयले १८ रनको योगदान दिए। कोलकाताका शिवम माभीले २ विकेट लिँदा सुनिल नाराइन र आन्द्रे रसेलले १–१ विकेट लिए। गएरातिको जितसँगै अंकतालिकामा २ अंक जोडेको मुम्बई तालिकाको शीर्ष स्थानमा छ।
Discussion about this post