वितेको २४ घण्टामा प्रदेश १ मा १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमित मध्ये मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ भन्दा बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ जना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् ।
मोरंगको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यसैगरि सुनसरीको धरानमा ४ महिला ९ पुरुष, दुहवीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कन्काईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल सङ्ख्या ६ हजार ६४ पुगेको छ ।
Discussion about this post