कोरोना संक्रमित भएका सुनसरी दुहवीका पत्रकार चन्दन रौनियारलाई आइएमई जरनल इन्स्योरेन्स लिमेटेडले कोरोना बीमा वापतको एक लाख रुपपैँया रकम विहीवार प्रदान गरेको छ ।
गएको भदौ ७ गते पीसीआर चेक गराएका उनको ९ गते पोजेटिभ रिपोर्ट आएको थियोे । रौनियार मोरङको सुन्दरहरैँचामा ११ दिन आइसोलेसनमा बसेर पुनः टेष्ट गराउँदा कोरोना नेगेटिभ रिपार्ट आएपछि घर फिरेका थिए।
यसअघि नेपाल प्रेस युनियन सुनसरीले गराएको जिल्लाका २६० जना क्रियाशील पत्रकारहरुको कोरोना बीमा गराएकामा उनी पनि थिए । आइएमई जरनल इन्स्योरेन्स लिमेटेडमा गरिएको बीमाको रकम पाउने उनी सुनसरीको पहिलो संक्रमित पत्रकार हुन् ।
प्रेस युनियन सुनसरीको कार्यालय इटहरीमा एक कार्यक्रमका बीच युनियनका अध्यक्ष पवन अधिकारी, निवर्तमान अध्यक्ष धनबहादुर पुरी, पूर्व अध्यक्ष गणेश निरौला सहितको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो ।
Discussion about this post