इटहरीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
इटहरी ६ का अर्का कोरोना संक्रमितको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
विराट मेडिकल कलेजबाट बुधबार साँझ ती व्यक्तिलाई धरानस्थित वीपी प्रतिष्ठानमा आइसियुमा भर्ना गरिएको थियो ।
निमोनिया पनि भएका उनको गएराती मृत्यु भएको वीपी प्रतिष्ठानका प्रबक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।
यसअघि मंगलबार इटहरी ५ का एक कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यो पनि – इटहरीमा थप २१ जनामा कोरोना संक्रमण, एकजना संक्रमितको मृत्यु
Discussion about this post