तरहरामा रहेका क्रियाशील युवाहरुले आयोजना गरेको स्नोकर टुर्नामेन्टको उपाधि मुकेश बस्नेतले हात पारेका छन् ।
गत १४ गतेदेखि भएको स्नोकर प्रतियोगिताको उपाधि बस्नेतले आइतबार फाइनल खेलमा बिजयी हुँदै हात पारेका हुन् ।
तरहराका १४ जना युवाहरुले स्नोकर प्रतियोगितामा सहभागीता जनाएका थिए ।
आइतबार भएको फाइनल खेलमा मुकेश बस्नेत र बिनोद भन्डारीबीच प्रतिष्पर्धा भएको थियो ।
मुकेशले बिनोदलाई ५ सेटमा ३ सेट ल्याउँदै हराएका थिए । बिजयी भएसँगै बस्नेतले नगद ५ हजार, प्रमाणपत्र र मेडल हात पारे भने भण्डारीले नगद २ हजार, प्रमाणपत्र र मेडल हात पारेका थिए ।
तरहरा पुल एन्ड स्नोकर हाउसको सहयोगमा तरहरा फ्रेन्ड्स सर्कलका पारस गौतम, पारस खतिवडा, भरत निरौला, यगिन कार्की, सन्तोष पुरी लगायतका युवाहरु मिलेर उक्त प्रतियोगिताको आयोजना गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तरहराका खेलप्रेमी भरत केसीले स्नोकर व्यवसायिक खेल रहेको भएपनि समाजले अहिले पनि यो खेलबारे नबुझ्ने गरेको तर्क गरे ।
उनले स्नोकर अन्तर्राष्ट्रिय खेल रहेको औल्याउँदै यो प्रतियोगिताले समाजमा सकारात्म सन्देश जाने समेत बताए ।
Discussion about this post