भारत बाट अवैध रुपमा लुकाइछिपाइ ल्याउदै गरेका अतिसबाजी पटको सहित ईटहरी ५ बाट दई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन ।
गोप्य सुचनाका आधारमा इटहरी बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA–६७ बण्डल पटका फेला पारी बरामद गरिएको हो ।
यसरी पटका सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post