सगै मर्ने सगै बाच्ने कसम काएको खोटाङकी ज्ञानकुमारी पुरीलाइ श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी गिरीको उपचार गर्न अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको छ ।
घरायसी विवादमा हुदा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरोको ढुङ्गाले लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा शुक्रबार साँझ बाटैमा मृत्यु भएको हो ।
बेहोस भएकी गिरीको स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा लागि काठमाडौं लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए ।
ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उनको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ ।
घटनाका बिषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताएका छन् ।
Discussion about this post