सामान्य विवाद हुदा आवेगमा आएर छिमेकीले खुकुरी प्रहार गर्दा घाइते भएका इनरुवा ८ का ६५ वर्षिय वृद्ध चन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ । छिमेकी बलबहादुर खड्काले असोज ३ गते साँझ खुकुरी प्रहार गर्दा कोइराला गम्भिर घाइते भएका थिए ।
घाइते वृद्धलाइ बिराट नर्सिङ होममा उपचार पश्चात केहि दिन अघि घर ल्याइएका उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ । विवाद भएपश्चात आवेगमा आएका खड्काले आफ्नै घरबाट खुकुरी ल्याएर वृद्ध माथि अन्धाधुन्द प्रहार गरेका थिए । सो क्रममा बृद्धको खुट्टा सहित शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको थियो ।
खुकुरी प्रहारको क्रममा श्रीमानलाई जोगाउन पुगेकी कोइरालाकी धर्मपत्नी समेत घाइते हुन पुगेकी थिइन् । घटनामा संलग्न खड्कालाइ तत्कालै नियन्त्रणमा लिएको प्रहरीले त्यस लगत्तै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कानुनी कार्वाहीको प्रकृया अघि बढाएको थियो । प्रहरीको नियन्त्रणमा रहेका खड्काले भएको घटना स्विकारी सकेका छन् ।
Discussion about this post