प्रदेश १ मा आज थप ५५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमण वृद्धि यो अहिले सम्मकै उच्च हो ।
सङ्क्रमण हुनेहरुमा सबैभन्दा बढी सुनसरीमा ३१० जना ,मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ भन्दा बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ९१ महिला र १२९ पुरुष छन् ।
सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि, मोरंगको विराटनगरमा १४५, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३–३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २–२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कन्काई र गौरादहमा १–१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको मन्त्रालयले जनाएको छ । यो वृद्धि भएसगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८९२ पुगेको छ ।
प्रदेश १ मा आज ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७८६ पुगेको छ ।
Discussion about this post