इटहरीमा थप १ सय १६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
असोज २३, २४ र २५ गते गरिएको स्वाब संकलन मध्ये थप १ सय १६ जनामा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
थपिएका संक्रमितहरुमध्ये इटहरी २ का ४ जना, २ जना महिला र २ जना पुरुष, इटहरी ३ का १ जना पुरुष, इटहरी ४ का ३१ जना, १६ जना महिला र १५ जना पुरुष, इटहरी ५ का १४ जना, ६ जना महिला र ८ जना पुरुष, इटहरी ६ का १६ जना, ७ जना महिला र ९ जना पुरुष, इटहरी ७ का ४ जना, ३ जना महिला र १ जना पुरुष, इटहरी ८ का ३ जना, १ जना महिला र २ जना पुरुष, इटहरी ९ का ८ जना, १ जना महिला र ७ जना पुरुष, इटहरी १० का १ जना महिला, इटहरी ११ का १ जना पुरुष, इटहरी १२ का ६ जना, २ जना महिला र ४ जना पुरुष, इटहरी १४ का १ जना पुरुष रहेका छन्
।
त्यस्तै, इटहरी १७ का ८ जना, ४ जना महिला र ४ जना पुरुष, इटहरी १९ का २ जना १ जना महिला र १ जना पुरुष, इटहरी २० का ६ जना, २ जना महिला र ४ जना पुरुष रहेका छन् ।
त्यस्तै, बिभिन्न अस्पतालमा आफैँ जाँच गराएका इटहरी २ का १ जना महिला, इटहरी ५ का १ जना पुरुष, इटहरी ६ का २ जना पुरुष, इटहरी ८ का २ जना महिला र २ जना पुरुष, इटहरी ९ का १ जना पुरुष र इटहरी १८ का १ जना पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा हाल संक्रमितको संख्या ९ सय ९५ पुगेको छ भने १० जनाको मृत्यु भएको छ ।
Discussion about this post