मोरङमा आज तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका तीनै जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा विराटनगरका २ जना छन् भने एक जना रतुवामाईका हुन् ।
रतुवामाई ७ सिजुवाका ४८ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, विराटनगर–१० का ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । असोज २० गते संक्रमण पुष्टि भएका ती व्यक्तिलाई २३ गते न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, विराटनगर–३ का ६५ वर्षीय कोरोना संक्रमित व्यक्तिको पनि आज शुक्रबार बिहान ३ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनको बुधबार रिपोर्ट पोजेटिभ आएको थियो ।
Discussion about this post