अवैध सूर्तीजन्य पदार्थ इटहरी प्रहरीले बरामद गरेको छ ।
इटहरी ८ पुष्पलाल चोकस्थित भित्री सडकखण्डमा सुरक्षा चेकजाँच गर्ने क्रममा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ९ बस्ने बर्ष २३ को अरबिन्द्र मेहताले को ३ प ८३१८ नं. को मोटरसाईकलमा पहेँलो प्लाष्टिकको बोरामा प्याक गरी ३ बोरा सूर्तीजन्य पदार्थ २४५ पोका, (एक ओटा पोकामा १२ प्याकेटका दरले २,९४० प्याकेट) भारतबाट चोरी पैठारी गरि भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारेर बरामद गरिएको हो ।
बरामद गरिएको सूर्तीजन्य पदार्थ र मेहतालाई भन्सार कार्यालय कोशी ब्यारेज पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post