ईलाका प्रहरी कार्यालय इटहरीले चोरी गर्ने र चोरी गरेको सामान किन्नेलाई पक्राउ गरेको छ ।
पार्किङ गरेर राखेको सिटी सफारीमा जडान गरिएका ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।
इटहरी ५ पश्चिम लाइनबाट इटहरी ५ बस्ने २० बर्षीय राज भन्ने लोक बहादुर बि. क, इटहरी ७ बस्ने श्यामलाल धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको सुन्दरहरैँचा १२ खोर्साने स्थित अनबर मियाँले सञ्चालन गरेको आरिफ स्टोर कवाडी पसलमा काम गर्ने शेक कुतु बुदिनलाई समेत पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।
उक्त पसलबाट बिभिन्न कम्पनीका चोरी गरी ल्याएको १६ थान ब्याट्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल बजारमा उक्त ब्याट्रीको मुल्य ३ लाख रहेको छ । चोरी गर्ने तथा चोरीको सामान किन्ने ३ जनालाई जिल्ला अदालत सुनसरीबाट चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयले इटहरीले जानकारी दिएको छ ।
Discussion about this post