इटहरी ८ स्थित एक घरबाट घरधनीसहित ९ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी ८ मा रत्न अधिकारीको घरको तेस्रो तलास्थित बैठक कोठामा तास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट खाल थापेको नगद २० हजार ३ सय ८० रुपैया पनि वरादम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी ६२ बर्षीय रत्न अधिकारी, ५५ बर्षीय हरेम्ब भट्टराई, ५३ बर्षीय शेखर चौधरी, ४८ बर्षीय महेश बराल, ४५ बर्षीय डिकबहादुर कार्की, ५१ बर्षीय रामनाथ हरिजन, ४६ बर्षीय भिम भुजेल, ५६ बर्षीय रामबहादुर कार्की र ४९ बर्षीय रंगनाथ रिजाल रहेका छन् ।
उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post