इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा आज तालाबन्दी गरेको छ ।
बजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको बोर्ड राखेर संचालन गरेको पोलिक्लिनिकमा तालाबन्दी गरेको हो ।
उपभोक्ता हित संरक्षण समिति संयोजकसमेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा उक्त पोलिक्लिनिकमा तालाबन्दी गरेको हो ।
दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको पाइएकाले तालावन्दी गरिएको उपमेयर गौतमले बताइन् । साथै, सो पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरु समेत बरामद गरिएको छ ।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोबल किशोर भट्टराईका अनुसार आज इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रा.लि, कलस फार्मेसी गरि ५ वटा फार्मेसी तथा मेडिकलहरुको अनुगमन गरिएको छ ।
औषधि ब्यवस्था विभागका प्रतिनिधि सरोज सुवेदीका अनुसार अन्य केही फार्मेसी तथा मेडिकलमा औषधि ब्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपुरक समाग्री पनि बेच्न राखिएको पाइएकाले कारबाहीको प्रक्रिया अगाडि बढाईएको छ ।
Discussion about this post