सुनसरीको कोशी गाँउपालिका १ बाट प्रतिबन्धित लागूऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोशी गाँउपालिका ५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव रहेका छन् ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतीय नागरिक सन्तोषलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरुमाथि चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र १०८० स्पास्मो प्रोक्सिभन ट्याब्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
Discussion about this post