तरहरा : इटहरी २० तरहरामा सडकको दायाँ–बायाँ पार्किङ हुँदै आएकोमा अब एकसाइट मात्र पार्किङ गर्ने निर्णय भएको छ ।
वडाध्यक्ष मणिराम श्रेष्ठ, उवासंघ तरहरा अध्यक्ष सुदर्शन खड्का, ट्राफिक प्रहरी पोष्ट तरहराका इन्चार्ज प्रहरी हवल्दार भुवन बिक लगायत नागरिक समाज तथा स्थानीय ब्यवासायीहरबीच बसेको बैठकले यहाँ एकसाइट मात्र पार्किङ गर्ने निर्णय गरिएको हो ।
‘तरहराको मुख्य चौक क्षेत्रमा जथाभावी पार्किङ भएकाले भीड बढेको र जोखिम भएकाले एकसाइट पार्किङ गर्ने निर्णय गरिएको हो,’ ट्राफिक प्रहरी पोष्ट तरहराका हवल्दार भुवन बिकले भने, ‘अर्कोतर्फ भने नो पार्किङ लेखिएका बोर्डहरु समेत राखिएको छ ।’
उनले एकसाइट मात्र पार्किङ गर्दा सडक खाली हुने भएकाले मानिसहरुलाई आवत जावत गर्न सहज हुने बताए ।
Discussion about this post