सरकारले कोरोना संक्रमित नागरिकहरुको उपचार नगर्ने निर्णय प्रति नागरिक समाज इटहरीले आपत्ती जनाएको छ । नागरिकको स्वास्थ्य प्रति सरकार गैरजिम्मेवार भएको भन्दै विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।
जुम बैठक मार्फत पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीका अध्यक्ष सन्त डुम्जनले सरकारले गैरजिम्मेवार निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले कोरोना संक्रमितहरुलाई निशुल्क औषधी उपचार गर्नै पर्ने माग गरेका छन् । संविधान विपरित निर्णय सरकारले तत्काल फिर्ता लिनुको विकल्प छैन अध्यक्ष डुम्जनले भने ।
कोरोना महामारीको कारण देशनै आक्रान्त भईरहेको बेलामा दुई तिहाई सरकारले नागरिकको उपचार गर्न सक्दिन भन्नु लज्जाको विषय भएको नागरिक समाज इटहरीको ठम्याई रहेको छ । सरकारले नागरिकको स्वास्थ्य उपचारमा गम्भिर हुदै देशभर निशुल्क रुपमा कोरोना संक्रमितको उपचार गरिनु पर्ने नागरिक समाज इटहरीले माग गरेको हो ।
मुलुक कोभिड १९ को महामारीबाट ग्रस्त भईरहेको र विरामीहरुको संख्या दिनप्रति दिन भारी मात्रामा बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुरा प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । विरामीहरु उपचार नपाएर मृत्यु हुन सक्ने भन्दै यस प्रति सरकारले गम्भिरता पूर्वक निर्णय फिर्ता लिन माग गरेको हो ।
संकटको बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनु पर्ने बेलामा भएको उपचार नगर्ने निर्णय अनुचित भएको नागरिक समाज इटहरीले जनाएको छ । महामारीको बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनु पर्ने दायित्वबाट सरकार पछि हट्न नमिल्ने भन्दै विरोध जनाएको नागरिक समाज इटहरीले जनाएको छ
Discussion about this post