सुनसरीमा १८० जना सहित प्रदेश १ मा आज थप ६३७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, सुन्दरहरैँचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९, रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै, सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३–३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ३४, विर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बा¥हदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५ पुगेको छ ।
Discussion about this post