इटहरी : दुर्घटनामा एकजना महिला घाईते भएकी छिन् ।
सुनसरीको झुम्कामा भएको दुर्घटनामा एक महिला घाईते भएकी हुन् ।
रामधुनी भासि नगरपालिका ५ झुम्का स्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व आउदै गरेको को ३६ प ४७०३ नं को मोटरसाइकलले पैदलयात्री सीता बस्नेतलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटना गराउने इटहरी ७ बस्ने बर्ष २० को विकास सिंहलाई भने ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post