सुनसरीको इटहरीमा ९७ जनासहित प्रदेश १ मा आज थप ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा २ सय ४२, सुनसरीमा १ सय ९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र तेह्रथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ७१ जनामा संक्रमण देखिएको छ । मोरङको उर्लाबारीमा १३, सुन्दरहरैँचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४–४, सुनबर्षी र कटहरीमा ३–३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २–२, ग्रामथान र जहदामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै, सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३–३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०–१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपु र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उदयपुरको चौदण्डीगढीमा ३, कटारीमा २ र त्रियुगामा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथरमा १–१, संखुवासभाको चैनपुर र मकालुमा २–२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५० पुगेको छ भने हालसम्म १० हजार १ सय ३८ जना डिस्चार्ज भएका छन् ।
Discussion about this post