कोरोना भाइरस संक्रमणका कारण विराटनगरमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान धनकुटाकी ३२ वर्षीया महिलाको कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो । त्यस्तै, विराटनगरकी ५१ वर्षीया महिलाको न्यूरो कोभिड अस्पतालमा मृत्यु भएको हो ।
धनकुटा–४ की महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा विहान ८ः१५ बजे मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो ।
यस्तै, विराटनगर–७ की महिलाको विहान ८ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।
बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
Discussion about this post