सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरू सुरु गर्न अनुमति दिएको छ ।
ओलम्पिक खेलकुदमा सहभागीताका लागि छनौट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरूको अन्तर्राष्ट्रियस्तरमा सहभागीता जनाउन सरकारले अनुमति दिएको हो ।
यस्तै मैत्रीपूर्ण खेलहरू आयोजना गर्न, स्थगित रहेका फुटबल डिभिजनका खेलहरू सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागीताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको छ ।
Discussion about this post