टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home विचार

तिहारको मनोवैज्ञानिक पक्ष र महत्व, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव

गोपाल ढकाल, मनोविद by गोपाल ढकाल, मनोविद
आइतवार, कार्तिक ३०, २०७७
0
तिहारको मनोवैज्ञानिक पक्ष र महत्व, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव
15
SHARES
Share on FacebookShare on Twitter

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ।

कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौँ ।

तर, यो विषम् परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो वर्ष कोरोनाको संक्रमणलाई ध्यान दिदैँ भौतिक दूरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउँदै जो जहाँ हुनुहुन्छ त्यहीँबाट चाडपर्व मनाउनु नै उत्तम हुन्छ।

चाडपर्वमा शुभकामना तथा आशीर्वादको आदन–प्रदान भौतिक रुपमा भेटघाट हुन नसकेपनि बैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गरेर गर्न सकिन्छ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व रहेको हुन्छ। दशैँ तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाती र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ। यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ, साथै नेपाली हुनुको गौरब र पहिचान गराउँछ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठूलो महत्व रहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ्य हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा स्वस्थ्य हुनुपर्दछ । तिहार जस्ता चाडपर्वले मानिसलाई यी चारै आयमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्‍याइरहेको हुन्छ ।

चाडपर्वमा सबैले मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । चाडपर्वमा विशेष रूपमा खाइने खानेकुराले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्‍याउँछ । तिहारको अबसमा दिदीबहिनीले दाजुभाइलाई दिने भाइ मसला पोषिलो र औषधीय गुणले सम्पन्न हुने गर्छ ।

तिहारमा खेलिने देउसीभैलोले एक त सामूहिक भावनको विकास गर्छ भने अर्कोतर्फ गीत संगीतको माध्यमद्वारा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ ।

मानसिक स्वास्थ्यको लागि मनोरञ्जन महत्वपूर्ण हुन्छ । मनोरञ्जनले पिर, मर्का र तनावबाट छुटकारा मिल्छ । गीतसंगीत मानव जीवनको लागि आवश्यक कुरा हो । विश्वमा मानसिक रोगको उपचारको लागि म्यूजिक थेरापी कै विकास भएको छ ।

सामूदायिक हितको हिसावले देउसी भैलो खेल्ने र त्यसबाट उठेको रकम समाजसेवामा लगाइनु पनि तिहारको राम्रो पक्ष हो ।

तर कोरोनाको कारण यश पटक भने देउसी भैलो खेल्नबाट हामी बन्चित भएका छौ ।

चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ ।

चाडपर्वको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । चाडपर्वकै अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । सम्बन्धलाई गाढा र मजबुद्ध बनाउने भेटघाटले नै हो ।

चेलीहरू बिवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जानसक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेली बीचको सम्बन्ध गाढा बनाइ राख्न तिहार जस्तो चाडको ठूलो महत्व छ ।

विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अबसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजकी आउने गर्छ । उनीहरुबीच माया प्रेम सद्भाव अझ् झाँगिदै जान्छ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने सेतुको काम पनि चाडपर्वले गर्छ ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने हुनाले बढ्दै गएको ‘जेनेरेशन ग्याप’लाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ । चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । त्यसकारण चाडपर्वको मनोवैज्ञानिनिक प्रभाव बुझ्नु जरुरी छ ।

तिहारमा घर रङ्ग्याउने सरसफाइ गर्ने जस्ता कुराले व्यक्तिलाई सरसफाइ प्रति जागरुक र सचेत पनि बनाइरहेको हुन्छ ।
कोरोनाको कारण अहिलेको अबस्थामा आफ्नो सरसफाइमा ध्यान दिनु त अति आबस्यक छ। चाडपर्वलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउनु आवश्यक छ ।

तिहार बत्ती, रङ्ग र फूलको पर्व हो । जीवन रङ्गहरुको समिश्रण हो । भाइटीकामा लगाइने सप्तरङ्गी टिकाले यहीँ अर्थ दिन्छ । सातवटै रङ्गहरुको अर्थ र विशेषता फरकफरक हुने गर्दछ । रङ्गीबिरङ्गी रङ्गहरुले मान्छेको मनमा सकारात्मक भावना उत्पन्न गराउँछ ।

मानसिक रोगको उपचारमा विश्वमा कलर थेरापीको प्रयोग गर्ने गरिन्छ । उज्यालो, चम्किलो , रंगिन र सुन्दर कुरा नै हामीले जीवनमा रोज्नुपर्छ । यसैमा रमाउने प्रयास गर्नुपर्छ भन्ने सन्देश यसले दिएको हुन्छ । डिप्रेशनले गाजेको अहिलेको अबस्थामा तिहारको झिलिमिलिले ठूलै औषधीको काम गरिरहेको हुन्छ ।

संसारमा गुणको कदर हुन्छ । मानिसलाई मदत पुर्याउने पशुपँक्षीदेखि चौपाय समेतलाई यस पर्वमा पुजिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरूको पूजा गर्नु भनेको उनीहरूको काम र गुणको कदर र सम्मान गर्नु पनि हो ।

संसारका सबै प्राणीहरूले आफ्नो मान , सम्मान र कामको कदर होस भन्ने चाहन्छन् । तिहारको बेला पशुपँक्षीलाई पूज्ने कार्यले पशुपंक्षीको आफ्नो कामको सम्मान र महत्व झल्काउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ ।

यसले ईको सिस्टमलाई समेत सन्तुलित राख्छ । हामीले अरूको कामको कदर र गुणको पूजा गर्नुपर्छ चाहे ती आफूभन्दा साना वा पशुपंक्षी नै किन नहुन् । यो कुराको प्रष्ट सन्देश तिहारले दिन्छ । कसैले आफ्नो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढ्छ । कलह र बिद्रोहको कारण पनि यहि हो ।

तिहारमा धुमधामसाथ लक्ष्मी पूजा गरिन्छ । लक्ष्मीलाई धन धान्य, ऐश्र्वर्य र सम्पन्नताकी प्रतिकको रुपमा पूज्ने गरिन्छ । तिहारमा लक्ष्मी वा पैसाको पूजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नुपर्छ भन्ने हो ।

आफ्नो शरिर आफैँले पूजा गर्ने पर्व म्हः पूजाको मनोवैज्ञानिक रुपमा पनि ठूलो महत्व छ । आफ्नो शरीर भन्दा बहुमुल्य कुरा यो संसारमा अरु केही पनि छैन । शरीर हाम्रो लागि सृष्टिको अनमोल उपहार हो।

शरिरका प्रणालीले काम गरुन्जेलसम्म मात्र हामी जिबित रहने हो । शारिर नै मन्दिर हो। यसलाई स्वस्थ्य राख्नुपर्छ ।

शरीरलाई स्वस्थ्य राख्न तथा आफ्नै दिर्घायूको कामना समेत म्हः पूजामा गरिन्छ । यसले जीवन अमुल्य छ भन्ने बोध गराउछ ।

आत्म सम्मान कमजोर हुँदा मानिसलाई मानसिक असर पुग्न सक्छ । व्यक्तिमा विभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन् । मानसिक स्वास्थ्य सबल राख्न समेत म्हः पूजाले मद्दत पुर्‍याउने गर्छ ।

त्यसै गरि हाम्रो अर्को चाड भनेको प्रकृति र पर्यवरणको पुजा गर्ने चाड हो । यसले प्रकृति र पर्यावरण जोगाउनु पर्छ भन्ने संदेश दिन्छ ।

तसर्थ चाडपर्वको मनोवैज्ञानिक महत्वलाई बुझेर यसलाई सभ्य र भव्यरुपमा मनाउनुपर्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

Tags: #विचार

सम्बन्धित समाचार

नोबेल पुरस्कार बिजेता कवि पाब्लो नेरूदाको कविता : बिस्तारै मर्दै जान्छौ
कला साहित्य

नोबेल पुरस्कार बिजेता कवि पाब्लो नेरूदाको कविता : बिस्तारै मर्दै जान्छौ

by गोपाल ढकाल, मनोविद
बिहिबार, फाल्गुन ६, २०७७
0

तिमी बिस्तारै मर्दै जान्छौ यदि तिमीले यात्रा गर्दैनौ भने यदि तिमीले पढ्दैनौ भने यदि तिमीले जिन्दगीका आवाजहरू सुन्दैनौ भने यदि...

Read more
के हो बेडसोर अर्थात् चाप घाउ ? यस्ता छन् डा. नीरन महर्जनका सुझावहरु

के हो बेडसोर अर्थात् चाप घाउ ? यस्ता छन् डा. नीरन महर्जनका सुझावहरु

शुक्रबार, कार्तिक १४, २०७७
तरहरा कसरी नाम हुन गयो ? यस्तो छ तरहराको इतिहास, सभ्यताको उचाईमा फड्को मार्दै तरहरा

तरहरा कसरी नाम हुन गयो ? यस्तो छ तरहराको इतिहास, सभ्यताको उचाईमा फड्को मार्दै तरहरा

शुक्रबार, कार्तिक १४, २०७७
साहित्यमा विचार र कलाको बहस

साहित्यमा विचार र कलाको बहस

बिहिबार, कार्तिक १३, २०७७
स्वाब संकलन युनिट संयोजकको अनुभव : उच्च मनोबल र प्रशंसा भए जस्तोसुकै रोग परास्त गरिन्छ

स्वाब संकलन युनिट संयोजकको अनुभव : उच्च मनोबल र प्रशंसा भए जस्तोसुकै रोग परास्त गरिन्छ

सोमवार, कार्तिक ३, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दुर्घटनामा १५ दिने शिशुको मृत्यु

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

स्कुटी अनियन्त्रित भइ दुर्घटना हुदा एक जनाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७
उर्लाबारीमा प्रविनको मृत्यु भएको घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै परिवारको आक्रोश

उर्लाबारी बाँस्तोला मृत्यु प्रकरण : फरार दुईजना पक्राउ, इन्स्पेक्टर जिल्ला तानिए

शनिबार, फाल्गुन २२, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

एम्बुलेन्सको ठक्करबाट सुनसरीकी एक महिलाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5376 shares
    Share 2150 Tweet 1344
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3701 shares
    Share 1480 Tweet 925
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3593 shares
    Share 1437 Tweet 898
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3527 shares
    Share 1411 Tweet 882
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3280 shares
    Share 1312 Tweet 820
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana